साउन २४ :

पहिरोले मङ्गलबार अवरुद्ध भएको भक्तपुर-नगरकोट सडक सञ्चालनमा आएको छ । चाँगुनारायण-६ मुहान पोखरी नजिक खसेको पहिरो पन्छाएपछि आज बिहानबाट सडक सञ्चालनमा आएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।

वर्षाका कारण आएको पहिरोले चाँगुनारायण क्षेत्रका सडक र धेरै घरहरु समेत जोखिममा परेको उहाँले बताउनुभयो ।