
साउन २४ :
एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थल सुर्यचौरबाट पाँचै जनाको शव संकलन गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन लागिएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने बताईएको छ ।
काठमाडौंबाट रसुवाको लागि आज दिउँसो १ बजेर ५४ मिनेटमा उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्क विहीन भएको थियो।
दुर्घटनामा पाइलट अरुण मल्ल सहित ५ जनाको मृत्यु भएको छ । मृतक ४ जना चिनियाँ नागरिक रहेका छन।