
काठमाण्डौँ , साउन २५ :
बिहीबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ । आज नेपाल राष्ट्र बैंकले ताकेको विदेशी मुद्राको विनिमय अनुसार कतारी रियालको विनिमय दर भने स्थिर रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ। त्यस्तै युरो एकको खरिद दर १४६ रुपैयाँ ३९ पैसा र बिक्री दर १४७ रुपैयाँ ०५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६८ पैसा र बिक्री दर १७१ रुपैयाँ ४४ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।