काठमाण्डौँ , पुस १० :

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । 

हिजो तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज मङ्गलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।