बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

लस एन्जलसमा फैलिएको डढेलोमा अहिलेसम्म ५ जनाको मृत्यु, आगो १० हजार एकडमा फैलियो

· बिहीबार, २६ पुस, २०८१ मा प्रकाशित
लस एन्जलसमा फैलिएको डढेलोमा अहिलेसम्म ५ जनाको मृत्यु, आगो १० हजार एकडमा फैलियो
आगो नियन्त्रणको प्रयासमा अग्निनियन्त्रकहरू ।
काठमाडौं, पुस २६ :

अमेरिकाको लस एन्जलसमा लागेको जंगलको डढेलोमा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको छ ।

कार्यालयका अनुसार जंगलको डढेलोमा परी अन्य तीनजनाको मृत्यु भएको छ । यसअघि नै अधिकारीहरूले दुई जनाको मृत्युको पुष्टि गरेका थिए ।

दुवै मृत्यु अल्टाडेना क्षेत्रमा रहेको इटन आगलागीका कारण भएको थियो ।

लस एन्जलस काउन्टी अग्नि नियन्त्रक प्रमुख एन्थोनी म्यारोनका अनुसार इटनको आगो अहिले १० हजार ६०० एकडसम्म बढेको छ । यो अझै नियन्त्रणमा आएको छैन ।

उनले भने, ‘दुर्भाग्यवश पाँच नागरिकको मृत्यु भएको छ । केही घाइते भएका छन् । अहिलेसम्म एक हजारभन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।’

एन्थोनी म्यारोनले भने कि एरिजोनासहित क्यालिफोर्निया बाहिरका अधिकारीहरू अग्नि नियन्त्रकहरूलाई सहयोग गर्न आएका छन् ।

लस एन्जलसको जंगलमा लागेको डढेलो निरन्तर फैलिरहेको छ । डढेलो फैलिने खतरालाई ध्यानमा राख्दै यहाँ आपतकालीन अवस्था घोषणा गरिएको छ । सर्वसाधारणलाई सतर्क रहन चेतावनी पनि दिइएको छ । -बीबीसी

लस एन्जलसको जंगलमा लागेको डढेलो अझै बढ्दै गएको छ ।

हवाईजहाजको सहयोगमा पानी छर्केर आगो नियन्त्रणको प्रयास गरिँदै ।

यो पनि…

डढेलोको चपेटामा हलिउड हिल्स

तीनतिरको डढेलोले उग्र रुप लियो (तस्बिरसहित)

तस्बिरमा अमेरिकाको लस एन्जलसमा लागेको डढेलो

अमेरिकाको लस एन्जलसमा भीषण वन डढेलो, आपतकालीन अवस्थाको घोषणा
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार