
कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी ७०, गोलभेँडा सानो लोकल प्रतिकेजी २५, गोलभेँडा सानो भारतीय प्रतिकेजी ३५, गोलभेँडा सानो तराई प्रतिकेजी ३५ रुपैयाँ तोकिएको छ ।
आलु रातो प्रतिकेजी ४५, आलु रातो भारतीय प्रतिकेजी ४२, प्याज सुकेको भारतीय प्रतिकेजी ७०, गाँजर लोकल प्रतिकेजी ८०, गाँजर तराई प्रतिकेजी ७०, बन्दा लोकल प्रतिकेजी ३०, बन्दा तराई प्रतिकेजी २०, बन्दा नरिवल प्रतिकेजी २५, काउली स्थानीय प्रतिकेजी २०, स्थानीय काउली ज्यापु प्रतिकेजी २५, काउली तराई प्रतिकेजी २० रुपैयाँ रहेको छ ।
यसैगरी, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी ४०, पिँडालु प्रतिकेजी १००, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी २०, पालुङ्गो साग प्रतिकेजी ८०, चम्सुरको साग ८०, तोरीको साग प्रतिकेजी ४०, मेथीको साग प्रतिकेजी ८०, प्याज हरियो प्रतिकेजी ६०, बकुला प्रतिकेजी ८०, तरुल प्रतिकेजी १२०, च्याउ कन्य प्रतिकेजी १२०, च्याउ डल्ले प्रतिकेजी ३८० निर्धारण गरिएको छ ।