आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
विदेश कला

बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ माघ, २०८१ मा प्रकाशित
बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज
काठमाडौं, माघ ९ :

बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन्। चक्कु प्रहारबाट घाइते भएका उनी घटनाको पाँच दिनपछि आज मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अभिनेता खानको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ। उनको लीलावती अस्पतालमा उपचार गरिएको थियो।अस्पतालबाट बाहिर निस्कँदा सैफ अली खानले फ्यान र मिडियालाई अभिवादन गरे।

जनवरी १६ को बिहान उनीमाथि  छुरा प्रहार भएको थियो। उनको घाँटी र मेरुदण्डमा गम्भीर चोट लागेको थियो।  उनको निवास 'सतगुरु शरण' नजिकै कडा सुरक्षा व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार