भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ । मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बिहान १ देखि २ बजेकोबीचमा भागदौड भएको बताए।
गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएको थियो ।
यसैबीच त्यस घटनाको न्यायिक आयोगले छानबिन गर्ने भएको छ ।मुख्यमन्त्री योगी आदित्यनाथले तीन सदस्यीय न्यायिक आयोगलाई छानबिनको जिम्मा दिएका छन् । अर्कोतर्फ मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।