बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात #देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात
समाचार राजनीति भिडियो

बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छ : प्रधानमन्त्री

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ माघ, २०८१ मा प्रकाशित
बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छ : प्रधानमन्त्री
काठमाडौं, माघ १९ :

प्रधानमन्त्री केपी ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताएका छन् ।

प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा शुक्रबार बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु, सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता-पत्ता खेलिरहने विद्रुप स्थितिमा अब रोक लागेको छ ।’

प्रधानमन्त्री ओलीले जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको उल्लेख गरे ।

पार्टी टुक्र्याउने र भत्काउनेजस्ता कुरा यो सरकारको ‘मेन्यु’मा छैन
प्रधानमन्त्री ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता कुराहरू सरकारको ‘मेन्यु’ मा नरहेको स्पष्ट गरेका छन् ।

उनले कांग्रेस-एमालेसहितको बलियो सरकारको प्राथमिकता त्यस्तो हुन नसक्ने भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे । सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै उनले भने, ‘विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थमा खेर फालेजस्तो लागिरहेको छ- सरकार ढल्छ, ढल्नै लाग्यो । पुस मसान्त, माघे सङ्क्रान्ति काट्दैन । आदि इत्यादि । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ ।’

बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे पनि जानकारी गराए ।
 यो पनि...

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन- थालिएका काममा प्रगति हुँदै छ
रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
प्रतिनिधिसभाको बैठकमा रास्वपाको अवरोध
प्रतिनिधिसभाको पाँचौँ अधिवेशन सुरु [तस्बिरसहित]

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार