
काठमाडौं, माघ २५ :
प्रतिनिधिसभा बैठक बसिरहेको छ । बैठक दिउँसो १ बजेबाट बसिरहेको हो ।
आजको प्रतिनिधिसभा बैठकमा संसद् नचलेको बेला सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।
निर्णयार्थ पेस गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले पनि सम्बोधन गर्ने तयारी छ ।
सरकारले ल्याएका ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । ६ वटा अध्यादेशउपर प्रतिनिधि सभामा ५० वटा अस्वीकृतको सूचना दर्ता भएका छन् ।