सुर्खेत, भदौ ४ :

जाजरकोटको नलगाड नगरपालिका- २ माझगाउँमा आज बिहान पहिरोमा परी तीनजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एकै घरका नलगाड- २ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार रहेका छन् । 

इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिनुभयो।