मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
मनाेरञ्जन कला भिडियो

यस्तो बन्यो होस्टेल ३ को ‘राजा रानी’ [भिडियो]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ फागुन, २०८१ मा प्रकाशित
यस्तो बन्यो होस्टेल ३ को ‘राजा रानी’ [भिडियो]
काठमाडौं, फागुन २५ :

सफलताका साथ दोस्रो दिनमा प्रदर्शनरत नेपाली चलचित्र होस्टेल ३ को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ ।

चलचित्रको सफलतासँगै खुसीयाली साट्ने अवसरका रूपमा चलचित्रमा समावेश गरिएको यो गीत सार्वजनिक गरिएको हो ।

किरण माइकलको सङ्गीत रहेको यस गीतमा सुजाता पाण्डे, सशान कँडेल र किरण माइकलको स्वर रहेको छ । वेला बोम्जन र सुधा मरहट्ठाको शब्द रचना छ । गीतमा नृत्याङ्गना आश्मा विश्वकर्माको पावरफुल नृत्य छ । भिडियोमा ‘होस्टेल ३’ का कलाकारहरू रिहान गिरी, आशिष घिमिरे, पदम तामाङलगायत पार्टी मुडमा देखिएका छन् । कलाकार पारस बम ‘कुलब्वाय’ भने फरक मुडमा छन् । गीतका कोरियोग्राफर रोशन विश्वकर्मा हुन् ।

शुक्रबार रिलिज भएको नेपाली चलचित्र ‘होस्टेल ३’ को विकेन्ड ओपनिङ उत्साहजनक भएको छ । चलचित्रले अपेक्षाभन्दा व्यापक रूपमा सफलता प्राप्त गरेको वितरकहरुले बताएका छन् । चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन् ।

यसैबीच, यस चलचित्रका कलाकारहरू शनिबार बिहानैदेखि काठमाडौंका हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । दर्शकहरूले कलाकारहरूलाई बोकेर नचाइरहेका छन् भने कलाकार आफ्नो अगाडि पाउँदा खुसीले व्यापक हुटिङ गरिरहेका छन् । दर्शकले ‘होस्टेल ३’ अपेक्षा गरिएको भन्दा निकै राम्रो रहेको भन्दै पूर्ण मनोरञ्जन प्राप्त गरेको प्रतिक्रिया दिएका छन् ।

सशान कँडेलले निर्देशन गरेको यस चलचित्रको पटकथा तथा संवाद माधव शर्माले लेखेका हुन् । चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा छन्

चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् । सह-निर्मातामा शिशिर ज्ञवाली, अनिश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोशिशराज क्षेत्री लाइन प्रोड्युसर हुन् । अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस चलचित्रको सम्पादन विकास दाहालले गरेका छन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार