भक्तपुर, फागुन २६ :

साहित्यकार लक्ष्मीलोचना वैद्यको दोस्रो कृति ‘ऋतु’ विमोचन गरिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुइँटेलको उपस्थितिमा सामाजिक कथामा आधारित उपन्यास ‘ऋतु’ विमोचन गरिएको हो ।

सिर्जना अभियान समाज भक्तपुरका अध्यक्ष धनमान श्रेष्ठ, वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, सद्भाव थिएटरका संस्थापक निर्देशक तथा नाट्यकर्मी महासंघका उपाध्यक्ष राम के ए सी, बुक्स हिमालय पब्लिकेसनका म्यानेजिङ डाइरेक्टर रोमन शाक्य र म्यार्केटिङ म्यानेजर यज्ञश्वर जोशीसहित प्रा.डा. लुइँटेलले संयुक्त रुपमा वैद्यको नयाँ कृति ‘ऋतु’ विमोचन गरिएको हो ।

भक्तपुरमा आयोजित कार्यक्रममा वरिष्ठ लघुकथाकार मधिकर्मीले स्वागत मन्तव्य दिएका थिए । राम के ए सीले पुस्तकमाथि चर्चा गरेका थिए ।

बुक्स हिमालय सानेपा ललितपुरद्वारा प्रकाशित ३७८ पृष्ठको पुस्तकको मूल्य ६५० रुपैयाँ राखिएको छ । लक्ष्मीलोचना वैद्यको ‘ऋतु’ दोस्रो कृति हो । यसअघि ‘नेपाली नाटकको रुपरेखा-२०७४’ नामक पुस्तक प्रकाशित भइसकेको छ ।