
प्रतिनिधिसभाको आइतबारको बैठकमा एमाले सांसद रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीबीच केहीबेर ‘वाक युद्ध’चल्यो ।
सांसद पन्त जब राजसंस्था र त्यससँग सम्बन्धित ऐतिहासिक घटना विशेष गरेर पूर्वयुवराज पारस शाहले गराएको दुर्घटनाको बारे चर्चा गर्दै थिए, तब सांसद शाहीले आपत्ति जनाइहाले ।
शाहीले पन्तको भनाइलाई आधारहीन र गलत ठहराउँदै नभएका कुरा बोल्न नपाइने भन्दै आपत्ति जनाए । तर, सभामुख देवराज घिमिरेले शाहीलाई बोल्न अनुमति नदिएर पन्तलाई आफ्नो विचार राख्न मौका दिए ।
पन्तले शाहीलाई चुनौती दिँदै भने, ‘यदि तिमीलाई बहस गर्न मन छ भने, इतिहास पढेर आउनुहोस् ।’ यो भनाइपछि केहीबेर तीव्र तर्कवितर्क चल्यो ।
सभामुख घिमिरेले स्थिति शान्त पार्दै भने, "मैले तपाइलाई बोल्न अनुमति दिनु भएको छैन, कृपया बोल्न दिइएका व्यक्तिलाई मात्रै बोल्न दिनुहोस् ।’उनले थपे, ‘अभिव्यक्ति दिनका लागि नियमावली अनुसार मात्र कार्य गर्न सकिन्छ । कुनै पनि कुरा सत्य तथ्यमा आधारित हुनुपर्छ र यदि कसैले त्यसलाई चुनौती दिन चाहन्छ भने, प्रमाण प्रस्तुत गर्नुपर्छ ।’
जब राप्रपाका सांसद् शाहीको बोल्ने पालो आयो उनले, मदन भण्डारीको हत्याको छानबिन गर्न माग गरे । उनले हत्याका अभियुक्तहरूको पत्ता लगाउने भनिरहेका व्यक्तिहरू आज पनि प्रधानमन्त्री हुँदा, हत्याको वास्तविक कारण खुल्न नसकेकोप्रति असन्तोष व्यक्त गरे ।