रामेछाप, भदौ १० :

रामेछापको दोरम्बा- शैलुङ गाउँपालिका- ३ मा पहिरोमा परेर २ जानको मृत्यु भएको छ । पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् 

पहिरोमा परेर मृत्यु भएका २ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मृत्यु हुनेमा एक जना बालक रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । 

शनिबार राति भीषण वर्षापछि आएको पहिरोले  टोकरपुर लेकखर्कको ४ वटा घर बगाएको प्रारम्भिक जानकारी आएको उहाँले बताउनुभयो ।

पहिरोले गाउँपालिकाको वडा नम्बर २ र ३ जोडने ढाईगाउँ खोलाको पक्की पुल समेत बगाएको छ ।

घटनास्थलमा प्रहरीको टोली गैसकेको र पहिराले पुर्‍याएको क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ ।