
काठमाडौं, चैत १५ :
राजावादीको आन्दोलनमा सहभागी एक युवकको मृत्यु भएको छ । प्रहरीको गोली लागेको एक व्यक्तिको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको निर्देशक डा. सुवास आचार्यले जनाए । उनका अनुसार घाइते युवकको घाँटीमा गोली लागेको थियो ।
तीनकुनेमा भएको प्रदर्शनका क्रममा कीर्तिपुर घर भएका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
यो पनि…
राजावादीहरु तीनकुनेको सभा बिथोलेर किन तोडफोड र आगजनीमा उत्रिए ?
राजावादीको प्रदर्शनमा घाइते युवकको मृत्यु
कान्तिपुर टीभी र अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीको तोडफोड र आगजनी
राजावादीको अराजक प्रदर्शन, राति १० बजेसम्म तीनकुने क्षेत्रमा निषेधाज्ञा
राजावादीको प्रदर्शन, व्यक्तिका घरमा तोडफोड र आगजनी [तस्बिरसहित]