बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

कान्तिपुर टीभी र अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीको तोडफोड र आगजनी

कोटेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटमा पनि राजावादी प्रदर्शनकारीहरुको तोडफोड र लुटपाट
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ चैत, २०८१ मा प्रकाशित
कान्तिपुर टीभी र अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीको तोडफोड र आगजनी
अन्नपूर्ण मिडियाको कार्यालयमा भएको तोडफोड । तस्बिर : अन्नपूर्ण पोस्ट
काठमाडौं, चैत १५ :

काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर टेलिभिजनको कार्यालय र गैरीगाउँमा रहेको अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादी पक्षधर प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गरेका छन् ।

अराजक रुपमा प्रस्तुत भएका प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रमा रहेका व्यक्तिका घर, पसल तथा सडकमा ट्राफिक प्रहरीका लागि बनाइएको संरचनामा समेत क्षति पुर्‍याएका छन् ।

राजावादी आन्दोलनकारीहरुले कान्तिपुर टेलिभिजनको तीनकुनेमा रहेको कार्यालयको चौथो तलासम्म ढुंगा प्रहार गरी सिसाका झ्याल फुटाएका छन् । कान्तिपुर डेक्समा कार्यरत अमृत दाहालका अनुसार ४ बजेको बुलेटिनका लागि समाचार तयार पारिरहेका बेला ढुंगा, इँटा र बोत्तल प्रहार भएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्न बचियो आज । ४ बजेको बुलेटिन तयार पारिरहेका बेला कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगा, इँटा र बोतल बज्रिए । ढुंगा कानको छेवैबाट आएर बज्रियो । ढिला गरी सुरक्षाकर्मी आएपछि स्थिति नियन्त्रणमा आयो ।’

यसैगरी राजावादीहरुले अन्नपूर्ण पोस्टको पहिलो तलामा आगजनीसमेत गरेको अन्नपूर्ण नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले जानकारी फेसबुक लाइभमार्फत जनाएका छन् । उनले राजावादीहरुको प्रदर्शन र शैलीलाई अराजक भनेका छन् । अन्नपूर्ण पोस्टको कार्यालयमा गरिएको आगजनी त्यहाँका सुरक्षागार्डले निभाएका छन् । साथै प्रदर्शनकारीहरुले ढुंगा प्रहारबाट कार्यालयका सिसा फुटेका छन् ।

यसैगरी राजावादी प्रदर्शनकारीहरुले कोटेश्वरमा रहेको भाटभटेनीमा पनि तोड्फोड गर्नुका साथै त्यहाँ भित्रका सामानहरु लुटेर लगेका थिए ।

यस्तै आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा पनि राजावादीहरुले आगजनी र तोडफोड गरेका छन् । साथै जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन् । प्रदर्शनकारीहरूले पेरिसडाँडामा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयमा आक्रमणको प्रयाससमेत गरेका छन् ।

प्रदर्शनकारीले हिर्काएको ढुंगा सफा गर्दै कान्तिपुर टेलिभिजनका सफाइकर्मी ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार