काठमाडौँ, भदौ ११ :

राष्ट्रपति रामचन्द्र पौडेल भोलि पाल्पा जानुहुने भएको छ  ।

ऐतिहासिक भगवती जात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल तानसेन जान लाग्नुभएको हो ।

कृष्णा जन्माष्टमीको भोलिपल्ट तानसेनमा ऐतिहासिक भगवती जात्रा निकाल्ने गरिन्छ । जात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल मङ्गलबार तानसेन जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।