खाँदबारी, भदौ ११ :

संखुवासभाको मकालु गाउँपालिका- ५ मा निर्माणधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्ने एक जना मजदुरको ढुङ्गा खसेर मृत्यु भएको छ ।

अरुण तेस्रो आयोजनाको बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ वर्षीया तुलसीराम थारू आइतबार साँझ माथिबाट ढुङ्गा झरेर घाईते भएका थिए ।

थारूको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी घनश्याम श्रेष्ठले बताउनुभयो । 

हालसम्म अरुण तेस्रोको काम करिब ७५ प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ ।