
चितवन, भदौ १५ :
किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् ।
बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् ।
चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित काठमाडौँ आएका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने बताए ।
नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिव पौडेलले किसानको मह बिक्री नभएर डम्पिङ हुने अवस्थामा आएकोले बजारीकरणका लागि विशेष योजना बनाउन कृषिमन्त्री अधिकारीलाई अनुरोध गरेको बताउनुभयो ।