
काभ्रे, भदौ १५ :
प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गर्नुभएको छ ।
विश्वविद्यालयको २९ औं दीक्षान्त अगाडि आज ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरिएको हो ।
कोरियामा बनेको हुन्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो ।
कारको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जनमा कमी आई प्रदूषण कम गर्न सहयोग पुग्ने बताउनुभयो ।