
काठमाडौँ, भदौ १८ :
आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।
आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर चाँदी तोलामा १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।