
गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने भएका छन् ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।
भिजिट भिसा प्रकरणबारे उठेका प्रश्नबारे गृहमन्त्री लेखकले प्रतिनिधिसभा बैठकमा जवाफ दिने पनि बैठकले निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जनाए । उनका अनुसार आजकै प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले सदन र बाहिर आफूमाथि उठेका विषयमा जवाफ दिने र त्यसका लागि सभामुख देवराज घिमिरेसँग समय माग्नेछन् ।
उता प्रमुख प्रतिपक्षी माओवादी, रास्वपा, राप्रपालगायत दलले भने गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएका छन् । गृहमन्त्री लेखकको राजीनामासँगै भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको मागसमेत विपक्षी दलहरुले गरेका छन् ।
प्रतिनिधिसभामा हिजो (मंगलबार) विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै बैठकमा अवरोध पुर्याएका थिए ।
बालुवाटारको बैठकमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक र एमालेका प्रमुख सचेतक बर्तौलालगायतको सहभागिता थियो ।
यो पनि…
विपक्षी दलको निर्णय : गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध जारी राख्ने
गृहमन्त्री लेखकले भने- संसद्मा बोल्न समय माग गरेको छु
सदनको अवरोध हटाउन सत्तापक्ष र विपक्षको घनिभूत छलफल, गृहमन्त्रीले देलान् पदबाट राजीनामा ?
गृहमन्त्रीको राजीनामा नआउने : संसद्मा बोल्न दिन विपक्षीलाई सत्तापक्षको आग्रह
गृहमन्त्रीको राजीनामा नआउने : संसद्मा बोल्न दिन विपक्षीलाई सत्तापक्षको आग्रह