काठमाडौँ, भदौ २० :

आज विभिन्न पाँचवटा समितिको बैठक आज बस्दैछ । 

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानून, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधन कर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ आज पनि जारी रहने छ ।

यस्तै, बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको दिउँसो २ बजे बस्दै छ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने तयारी छ ।

दिउँसो २ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०- ८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।