
कुलिङ पिरियडमा भएको जालझेलबारे छानबिन गर्न गठित संसदीय समितिले आफ्नो जिम्मेवारी पूरा गरेको छ । समितिले २९ दिन लगाएर तयार पारेको ११६ पृष्ठको प्रतिवेदन मंगलबार सभामुख देवराज घिमिरेलाई हस्तान्तरण गरेको छ ।
प्रक्रिया मिचेर विधेयकमा गरिएको संशोधनप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको जिम्मा नेतृत्व तहले लिनुपर्ने उल्लेख गरिएको प्रतिवेदनमा ‘समिति सभापति र सचिव यसमा मुख्य जिम्मेवार हुने’ साथै विषयगत र प्रत्यक्ष संलग्न भएकाहरू पनि यसका जिम्मेवार हुन भन्ने पनि उल्लेख गरिएको छ । सभापतिको खतिवडाले आफ्नो भूमिका पूरा गर्न नसकेको पनि उल्लेख गरिएको छ ।
विधेयक तयार पार्ने क्रममा संलग्न कर्मचारीहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने सिफारिससमेत प्रतिवेदनमा गरिएको छ।आगामी दिनमा पनि यस्ता खालका समस्या आउन सक्ने भन्दै सजकता अपनाउन पनि प्रतिवेदनमा सुझाव दिइएको छ
दुई वर्षे ‘कुलिङ अफ पिरियड’ व्यवस्था प्रभावित हुने गरी प्रक्रिया मिचेर विधेयकमा संशोधन गरिएको भेटिएपछि संसद्ले नेपाली कांग्रेसका सांसद जीवन परियार सभापति रहने गरी छानबिन समिति गठन गर्न बाध्य भएको हो ।
यो पनि…
‘कुलिङ अफ पिरियड’मा गडबडी हुनुमा समिति सभापति खतिवडा र सचिव दुरा दोषी
‘कुलिङ अफ पिरियडमा हस्ताक्षरकर्ताहरु स्वभाविक रुपमा जिम्मेवार हुनुपर्छ’
रोशन कार्कीको आरोप- कुलिङ अफ पिरियडको प्रतिवेदन तयार पार्दा आफूहरुमाथि ब्ल्याकमेलिङ भयो
‘विधेयकमाथिका दफावार छलफलमा निश्चित तहका पदाधिकारीलाई मात्र पहुँच दिनुपर्छ’