कञ्चनपुर, भदौ ३० :

कञ्चनपुर- महकाली र चौधर नदीमा आएको बाढीले कञ्चनपुरका थुप्रै बस्ती डुबानमा परेका छन ।

चौधर नदीले १ सय २० घर विस्थापित गरेको छ। २० बिगाहभन्दा बढी जमिन यो नदीले कटान गरेको छ। 

३ दिनदेखिको बर्षाले पानी बस्तीमा पसेपछि सयौँ परिवार विस्थापित भएका छन भने उनीहरु रातभर बाढीको त्रासमा जाग्राम बस्न बाध्य भएका थिए ।

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.४ सार्कीटोलमा चौधर नदि गाउ पस्दा ठूलो मात्रामा  कटान र डुवान गरेको छ । चौधर नदी

ले सार्की टोलमा हाल सम्म २० बिगाहा भन्दा बढी जमिन कटान गरेको छ भने ३ सय मिटर पानी पिच गरेको सडक समेत बगाएर लगेको छ । कटान गर्दै नदि बस्ती नजिक पुग्न थालेपछि ज्ञान ज्योति बाल विकास केन्द्र जोखिममा परेको छ भने अन्य घरहरु समेत जोखिममा परेका छन ।