
प्रतीकात्मकर तस्बिर ।
काठमाडौं, असोज १ :
काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एक शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार शव पूर्ण रूपमा जलेको हुँदा पहिचान हुन सकेको छैन।
यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव फेला परेका थिए । ती शवहरु हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। ती शवको पनि पहिचान भइनसकेको प्रहरीले जनाएको छ। भवनमा लागेको आगो निभाउने क्रमसँगै सफा गर्दा फेला परेका हुन् ।
योसँगै जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ। मृत्यु हुनेहरु लुटपाटका लागि गएका व्यक्ति हुन सक्ने अनुमान गरिएको छ ।