काठमाडौँ, असोज १५ :

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा कायवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले स्वागत गर्नुभएको थियो ।

विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीको उपलब्धिका बारेमा परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले जानकारी गराउनुभएको थियो 

प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन यही असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जानुभएको थियो ।