काठमाण्डौं, असोज १६ :

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने हुनुभएको छ ।

आज अपराह्न ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अमेरिकामा भएको यूएन महासभामा भाग लिएर हिजो मात्र स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले आएलगत्तै हिजै मन्त्रिपरिषद् बैठक बोलाउनुभएको थियो । बैठकले विपतमा निधन भएका परिवारका सदस्यलाई कार्यविधि अनुसार जनही २ लाखका दरले सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसैगरी, प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब राहतकोषमा जम्मा गर्ने निर्णय पनि गरेको थियो ।

साथै आजबाट तीन दिन राष्ट्रिय शोक घोषणासहित राष्ट्रिय झण्डै आधा झुकाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।