काठमाण्डौँ , असोज २४ :

उपत्यकाबाट बडादसैँका लागि घर जानेहरूको सङ्ख्या दैनिक बढिरहेको छ । नवमीको दिनसम्म उपत्यकाबाट मानिसहरू घर जाने गर्दछन्।

यतिबेला काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्क तथा जडीबुटीमा रहेको अरनिको बसपार्कमा गाडी चढ्ने यात्रुहरूको घुइँचो देख्न सकिन्छ। 

उपत्यकाका विभिन्न नाकाहरूबाट बहिरिने र भित्रिने सवारीको लामो जान हुने गरेको छ। यस पटक बाढीपहिरोका कारण कतिपय मुख्य सडकखण्ड अवरुद्ध हुँदा सञ्चालनमा रहेका राजमार्गहरूमा अत्यधिक जाम हुने गरेको छ।