
पाल्पा, असोज २४ :
पाल्पा- बुटवल सडकखण्डको तानसेन नगरपालिका- ८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा रामपुर नगरपालिका- १ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासे बताउनुभयो ।
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३१ प ६५०७ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको टिपरलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बेल्बासेले बताउनुभयो ।
मोटरसाइकल चालक ठकुरीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक रामपुर- १ हाँगेपिपलका १८ वर्षीय प्रवीण ठकुरी घाइते भएका छन् । उनको सोही कलेजमा उपचार भइरहेको छ ।