
काठमाण्डौं, असोज २६ :
बिपी राजमार्ग आजदेखि सञ्चालन हुने भएको छ।
असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्ग अवरुद्ध भएको थियो।
बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पु-याएको थियो।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले सङ्घीय राजधानीलाई पूर्वी नेपालसँग जोड्न मुख्य मार्गका रूपमा रहेको यस राजमार्गलाई खुलाउन ‘डेडिकेटेड टिम’ नै खटाइएको बताउँदै सचिव शर्माले अहिले अवरुद्ध रहेका ठाउँहरूमा कतै दुईतर्फी र कतै एकतर्फी सञ्चालनमा आउने स्पष्ट पार्नुभयो ।
हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग आजदेखि सञ्चालनमा आउने जानकारी गराउनुभएको थियो।