काठमाण्डौँ , असोज २८ :

जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन् । 

यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन् । 

जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलोगरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल भएको बताउनुहुन्छ । जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने प्रतिक्रिया दिनुभएको छ । 

यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उहाँको विश्लेषण छ । यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उहाँको जोड दिनुहुन्छ । 

उहाँले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यन्वयन गर्न आवश्यक भएको बताउनुभयो ।  जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथामिकता दिन अपरिहार्य भएको उहाँको भनाइ छ ।

मौसमविद् विष्णु घिमिरे पनि  मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

 जलवायु परिवर्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उहाँको बुझाई छ ।