काठमाण्डौँ , असोज ३० :

आज सुनको मूल्य वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

दशैँअघि असोज २३ गते सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँ थियो । 

यस्तै आज चाँदीको मूल्य २५  रुपैयाँ बढेर तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।