कास्कीको शहीद चोक र गैह्रापाटन निषेधित क्षेत्र घोषणा
आइतबार, ५ कात्तिक, २०८१ मा
प्रकाशित
कास्की, कात्तिक ५ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा लैजाने तयारी गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
रास्वपाका नेता कार्यकर्ता तथा सहकारी पीडितहरूले प्रर्दशनको तयारी गरेकोले सुरक्षा चुनौती बढ्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ । यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने सूचना उल्लेख छ ।
यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मात्र निषेधित क्षेत्र तोकिएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।