पोखरा, कात्तिक ६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि प्रदर्शन गरेको छ । 

पोखराको पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।

हिजो पनि पार्टीले सहिदचोकमा प्रदर्शन गरेको थियो । सहकारी ठगी मुद्दामा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री समेत रहनुभएका लामिछानेलाई कास्की अदालतले ६ दिन म्याद थपेको छ  ।