काठमाण्डौँ , कात्तिक ८ :

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको एक सय दिनको प्रगतिबारे जानकारी गराउनुहुने भएको छ। 

ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सय दिने उपलब्धि सार्वजनिक गर्न लाग्नुभएको हो ।

ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति विवरण प्रधानमन्त्रीलाई बुझाइसकेको जनाइएको छ ।

एमाले अध्यक्ष ओली गत असार १७ गते नेपाली काँग्रेसएमालेबिच भएको सात बुँदे समझदारीका आधारमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।