
रोल्पा, कात्तिक ८ :
रोल्पाको सुनिल स्मृति गाउँपालिका- ४ कागडाँडामा जिप दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ ।
लु ३ च १६५६ नम्बरको जिप आज बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका- १ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्यूठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।