
काठमाण्डौं, कात्तिक ९ :
नेपाल बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि एक करोड हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि प्राधिकरणले सो रकम हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा चेक हस्तान्तरण गर्नुभएको हो ।