सरकारले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र अघि बढाउने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित सबै क्लबका लागि आफ्नै क्रिकेट रङ्गशाला निर्माण गर्न लागिएको जानकारी दिएका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत विराटनगर किङ्गस्का लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला, काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण गरिने बताए ।
प्रधानमन्त्री शाहले फाप्ला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अघि बढिसकेको र अन्य रङ्गशालाको निर्माण प्रक्रिया पनि आगामी तीन महिनाभित्र सुरु गरिने बताए । उनले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
प्रधानमन्त्रीका अनुसार यी रङ्गशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
परराष्ट्रमन्त्री खनालले भने- प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो छैन
विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा
आईएमई प्लाटिनम गल्फको उपाधि अश्माङ्क कार्कीले जिते, महिलातर्फ अञ्जिला बनिन् च्याम्पियन