आइतबार, १३ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस #परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस
प्रदेश स्वास्थ्य

कागेश्वरीका वडास्तरीय स्वास्थ्य संस्थालाई ‘मिनी अस्पताल’ को रुपमा विकास गरिँदै

नगर प्रमुखको सोच र मार्गदर्शनअनुरुप योजना अघि बढाइयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३ दिन अगाडि प्रकाशित
कागेश्वरीका वडास्तरीय स्वास्थ्य संस्थालाई ‘मिनी अस्पताल’ को रुपमा विकास गरिँदै
काठमाडौं, मंसिर १० :

कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका स्वास्थ्य संस्थालाई ‘मिनी अस्पताल’ का रूपमा विकास गर्ने योजना अघि बढाएको छ।  स्वास्थ्य सेवालाई वडास्तरमै सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित स्वास्थ्य बिमाका सेवाग्राहीलाई वडाबाटै औषधि उपलब्ध गराउन फार्मेसी सेवा सञ्चालनको तयारी गरिएको छ।

नगर अस्पतालको सेवा विस्तार तथा पूर्वाधारको अवस्था पहिचान गर्न बिहीबार कागेश्वरी मनोहरा नगर अस्पतालका कार्यकारी निर्देशकको नेतृत्वमा चिकित्सक, इन्जिनियर, सूचना प्रविधि (आईटी) तथा प्रशासन शाखाका प्रतिनिधिसहितको टोलीले वडा नं. २, ५ र ९ मा रहेका स्वास्थ्य संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।

नगर प्रमुख उपेन्द्र कार्कीको सोच र मार्गदर्शनअनुसार वडास्तरका स्वास्थ्य संस्थामा प्रयोगशाला सेवाको स्तरोन्नति तथा एक्स–रे सेवा विस्तार गर्ने योजना पनि अघि सारिएको अस्पतालले जनाएको छ।

अनुगमनका क्रममा वडा नं. २ का वडाध्यक्षले फार्मेसी, प्रयोगशाला र एक्स–रे सेवा विस्तारलाई प्राथमिकतामा राख्दै कार्ययोजना शीघ्र कार्यान्वयन गर्न अस्पताल प्रशासनसँग आग्रह गरेका थिए।

यसैबीच, नगर अस्पताललाई स्तरोन्नति गरी १०० शय्याको अस्पताल स्थापना गर्नुका साथै शल्यक्रिया सेवा (ओटी) सञ्चालनका लागि टेन्डर प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ।  विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तारलाई समेत प्राथमिकता दिँदै जनप्रतिनिधिसँगको सहकार्यमा नगरवासीलाई गुणस्तरीय, सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानलाई निरन्तरता दिइने अस्पतालले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार