काठमाण्डौँ , मंसिर ११ :

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ । 

आजको बैठकमा मंसिर १७ गतेबाट हुने प्रधानमन्त्री ओलीको चीनका विषयमा छलफल गर्ने तयारी छ । 

त्यस्तै, बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नसक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।