काठमाण्डौं, मंसिर १६ :

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको भित्तामा कलाकारहरूले खेल र खेलाडीको चित्र कोरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा कलाकारहरूले रङ्गशालाको सडकपेटीतर्फको भित्तामा रंगहरु भरिरहेका हुन ।

रंगशालाको भित्तामा कलाकारहरुले खेलको महत्व झल्किने गरी चित्रहरु बनाएका छन ।

नेपालमा खेलिने खेल र खेलाइने सबै खेलहरुलाई चित्रमार्फत भित्तामा उतारिएको कलाकारहरु बताउँछन ।