काठमाण्डौं, साउन २७ :

पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्पेनले स्वर्ण पदक जितेको छ ।  

आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै स्पेनले स्वर्ण जितेको हो।

गए राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो ।

यसअघि सन् १९९२ मा स्पेनले स्वर्ण जितेको स्पेनले ओलम्पिकमा पुरुष फुटबलमा जितेको यो दोस्रो स्वर्ण हो ।