काठमाडौं, पुस २४ :

चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ अधिकारीहरूलाई भूकम्पपछि उद्धार र राहतमा हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी चिनफिङले घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल लैजानसमेत निर्देशन दिएका छन् । सीले भूकम्पपछि विस्थापित भएकाहरूलाई पुन:स्थापना गर्न पनि तत्परता देखाउन निर्देशन दिएका छन् ।

स्थानीय समयअनुसार मंगलबार बिहान नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।

भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्‌गम विन्दु (गहिराइ) १० किलोमिटर रहेको छ ।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।

यो पनि...

काठमाडौंमा भूकम्पको धक्का महसुस

तिब्बतसँग सिमाना जोडिएका जिल्लामा भूकम्पले क्षति पुर्‍याएको अनुमान, विवरण संकलन गरिँदै

भूकम्पपछि चीनको सिजाङ स्वायत्त क्षेत्रमा क्षतिग्रस्त घरहरूमा उद्धार हुँदै (फोटो सहित)

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

तिब्बतमा गएको शक्तिशाली भूकम्पमा ५३ जनाको मृत्यु

भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्री ओलीको आग्रह