
काठमाडौँ, माघ १३ :
आफैंमाथि गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ ।
कैलालीको निःसर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा माघ ९ गते बुधबार राति हतियार राखिने ठाउँको ड्युटीमा रहेका बेला विष्टले आफैंलाई टाउकोमा गोली प्रहार गरेका थिए ।