
काइफोप्लास्टी भनेको सामान्यत: ओस्टियोपोरोसिस वा स्पाइनल ट्युमरका कारणले गर्दा हुने कम्प्रेसन फ्याक्चरको उपचार गर्ने प्रक्रिया हो । यस प्रक्रियाको एक घण्टाभन्दा कम समय लाग्छ । केही दिनभित्रै दुखाइबाट राहत प्राप्त हुन्छ । केही दिनमै आफ्नो नियमित गतिविधिमा फर्कन सक्षम हुनुहुनेछ । डा. प्रशान्त अधिकारी अहिले ह्याम्स अस्पताल धुम्बाराही र आरुस लाइफ स्टाइल अस्पताल पुल्चोकमा अर्थोपेडिक हाड-जोर्नी तथा मेरुदण्ड विशेषज्ञका रुपमा काम गरिरहेका छन् । डा. अधिकारीले ह्याम्स अस्पताल र आरुस अस्पतालमा गरी ४० भन्दा बढी बिरामीको काइफोप्लास्टी प्रक्रियाबाट शल्यक्रिया गरिसकिएको जनाउँछन् । प्रस्तुत छ- काइफोप्लास्टी प्रक्रियाबारे डा. अधिकारीसँग सक्रिय न्युजले गरेको कुराकानी ।
काइफोप्लास्टी भनेको के हो ?
काइफोप्लास्टीका बारेमा कुरा गर्नुभन्दा अगाडि मेरुदण्डका बारेमा केही भन्न चाहन्छु । साधारणत: मानव शरीरमा लम्बर स्पाइन पाँचवटा हुन्छ । थोरासिक १२ वटा हुन्छन् र सर्भाइभल सातवटा हुन्छन् । अनि स्यक्रोन भन्छौं- जो पछाडिपट्टि एउटा डल्लो हड्डीजस्तो हुन्छ त्यसभित्र मूल नशा हुन्छ र जरा निस्किन्छ । जसले गर्दा हात-खुट्टा चलाएको थाहा हुने र दिसापिसाब गएको बारेमा थाहा हुने जानकारी दिन्छ ।
हड्डी भाँचिने वा फ्याक्चर हुने धेरै कारण हुन्छ । मुख्य कारणचाहिँ हड्डी खिँइदै अस्टपोजोसिस हुँदै जानु हो । उमेरअनुसारको परिवर्तनले हड्डी खियाउँदै लैजान्छ । अर्कोचाहिँ ट्युमर मल्टिमल मायोलोमाले गर्दा हड्डी भाँचिने वा फ्याक्चर हुने हुन्छ ।
पहिले-पहिले त्यसको उपचार विधि भनेको पेटी लगाउने, चिरेर अथवा पूरै खोलेर शल्यक्रिया गर्ने प्रक्रिया हुन्थ्यो । अहिलेचाहिँ हामीले काइफोप्लास्टी भनिने एउटा प्रक्रिया हुन्छ जसमा हामी हड्डीमा सिमेन्ट भर्ने काम गर्छौं । हामीले हड्डीलाई नचिरीकन सानो एउटा प्वाल पारेर मेरुदण्डभित्र गएर त्यहाँ भाँचिएको भागलाई बेलुन हालेर उठाएर त्यो खाली ठाउँमा सिमेन्ट भरिने काम गरिन्छ । त्योचाहिँ सामान्यत: अलि धेरै उमेर भएका बिरामी, मुटुको रोगी, फोक्सोको रोगी, पेटको रोगी जसलाई बेहोस बनाउन मिल्दैन उहाँहरूका लागि यो प्रक्रिया गरिन्छ । यसलाई काइफोप्लास्टी भनिन्छ ।
हड्डी खिइँदै जाने,पातलो हुँदै जाने कारणले गर्दा फ्याक्चर हुनेलाई ओस्टोपोलोसिस फ्याक्चर भनिन्छ । यो मुख्य गरी ६०/७० वर्ष नाघिसकेका महिला तथा पुरुषहरूमा देखिने गर्छ । यो हड्डी भाँचिनका लागि ठुलो कारण पनि चाहिँदैन । साधारण खोक्दा पनि भाँचिन सक्छ अथवा सानो मेच उचाल्दा पनि भाँचिन सक्छ ।
थेचारिएर बस्दा पनि भाँचिन्छ । कहिलेकाहीं गाडी हिँड्दा उफ्रियो भने पनि भाँचिन सक्छ । अर्को कारणचाहिँ यो भाँचिनुको कारण ट्युमर हो । मुख्य भनेको मल्टिपल मायोलोमा भन्ने ट्युमर हुन्छ । यो कारणले गर्दा पनि भाँचिन्छ । पहिला-पहिला यस्तोहरुमा भाँचिन सक्छ । अरु क्यान्सरहरुमा पनि भाँचिन सक्छ । पहिला-पहिला यस्तो फ्याक्चरका लागि अप्रेसन गरी भित्र फिक्स गरेर क्रुजहरु हाल्नुपर्ने हुन्छ । उमेरअनुसार धेरै उमेर भइसकेको मान्छेहरुलाई गर्न गाह्रो पनि हुन्थ्यो । तर काइफोप्लास्टी भनी एउटा प्रक्रिया छ । जुन प्रक्रियाले बिरामीलाई बेहोस नपारीकन त्यो भागलाई मात्र लठ्याएर त्यहाँभित्र सानो प्वाल पारेर सुई हालेर हड्डीभित्र गएर त्यो भाँचिएको हड्डीलाई उठाएर सिमेन्ट हाल्ने प्रक्रिया गर्छौं । त्यो काइफोप्लास्टी भन्ने प्रक्रिया अहिले हामीले ह्याम्स अस्पताल र आरुसमा सुरु गरेका छौं । अहिलेसम्म हामीले लगभग ४० जना बिरामीमा यो प्रक्रिया गरिसकेका छौं ।
यसको प्रयोग कति सफल भइरहेको छ ?
मैले भर्खर सुरु गरेको । त्यो पनि गत अप्रिलदेखि सुरु गरेको हो । अहिलेसम्म अप्रिलदेखि ७/८ महिनाको अन्तरालमा लगभग ४० जनाको काइफोप्लास्टी भएको छ । सबैमा अहिलेसम्म राम्रो भएको छ । सबै बिरामीले नै, जो हिँड्न गाह्रो भइरहेको मान्छे । आमाबुबाहरु हुनुहुन्थ्यो । उहाँहरु भोलिपल्टदेखि हिँडेर दुखाइ कम भएर घर जानुभएको छ । अहिलेसम्म ४० जनामा गर्दा सय प्रतिशत नै उपचार सफल भएको छ ।
क्यान्सर भएकाहरुका लागि पनि यो उपचार गर्दा निको हुने दर कस्तो हुन्छ ?
खासगरी पहिलो काइफोप्लास्टी भन्ने सुरु गरेको मल्टिपल मायोलोमा भन्ने एक किसिमको रगतको क्यान्सर हो । त्यसले गर्दा हड्डीमा समस्या हुने गर्दछ । त्यसैले त्यो प्रक्रिया सुरु गरिएको हो । त्योचाहिँ मल्टिपल मायोलोमा अथवा सबै क्यान्सर जसलाई अप्रेसन गरेर निको पार्न गाह्रो हुने थियो । काइफोप्लास्टी त्यसका लागि सुरु गरिएको हो । त्यसमै चाहिँ राम्रो परिणाम सुरु गरिएको हो । हामीले अहिलेसम्म ४ जनाको क्यान्सर बिरामीको काइफोप्लास्टी गरेका छौं । ४० जनामध्ये ४ जना क्यान्सरको बिरामी हुनुहुन्थ्यो । तीनजना मल्टिपल मयोलोमा र एकजना सरेको क्यान्सरको बिरामीमा काइफोप्लास्टी गरेका थियौं । चारजनाकै एकदमै राम्रो परिणाम आएको थियो दुखाइविनै बसिरहनुभएको छ अहिले ।
कसरी गर्ने काइफोप्लास्टी ?
काइफोप्लास्टी साधारणत: एक-दुई दिनअघि जसको ढाड भाँचिएको छ । त्यो हेर्न हामीले एमआरआई गरेर हेर्छौं । एमआरआईमा भर्खर भाँचिएको ढाड छ भने त्यसलाई बेलुन हालेर उठाउन सकिन्छ, सकिँदैन त्यो प्रक्रियालाई हेर्छौं । बेहोस बनाउने डाक्टरहरुले पनि हेर्नुहुन्छ । बिरामीलाई हेरिसकेपछि हामीले साधारणत: बिरामीलाई शल्यक्रिया गर्न बिहान बोलाउँछौं । बिहान बोलाएर खाली पेटमा बोलाउँछौं । बोलाएर त्यो जुन भागको हड्डी भाँचिएको छ त्यो भागतिर मात्रै नदुख्ने सुई लगाउँछौं । आमाबुबालाई बेहोस पार्दैनौं । त्यो भागलाई ब्लक पार्ने भन्छौं ।
काइफोप्लास्टी गर्दा के हुन्छ ?
काइफोप्लास्टी साधारणत: एक-दुई दिनअघि जसको ढाँड भाँचिएको छ । त्यसलाई हामी एमआरआई गरेर हेर्छौं । एमआरआईमा भर्खर भाँचिएको ढाड छ भने त्यसलाई बेलुन हालेर उठाउन सकिन्छ/सकिँदैन त्यो प्रक्रियालाई हेर्छौं । बेहोस् बनाउने डाक्टरहरुले पनि हेर्नुहुन्छ । बिरामीलाई हेरिसकेपछि हामीले साधारणत: शल्यक्रियाका लागि बिहान बोलाउँछौं । बिहान बोलाएर खाली पेटमा बोलाउँछौ । बोलाएर त्यो जुन भागको हड्डी भाँचिएको छ त्यो भागतिर मात्रै नदुख्ने सुई लगाउँछौं । आमाबुबालाई बेहोस पार्दैनौं । त्यो भागलाई ब्लक पार्ने भन्छौं हामी मसल्सहरुलाई वरिपरि, त्यो भागलाई ब्लक गरेर घोप्टो पारेर राखेर सुताएर गर्ने हो । एकछिन आमाबुबालाई दुखाउने भनेको घोप्टो पारेर सुताउँदा मात्र हो । उहाँहरुलाई त्यो इन्जेक्सन गरेको अथवा सिमेन्ट गरेको प्रक्रियाका बारेमा त्यस्तो केही थाहा हुँदैन । दुखाइ पनि हुँदैन । जस्तो हामीले एउटा प्रक्रिया गर्दा लगभग एक घण्टाजस्तो लाग्छ । एक घण्टापछि त्यो सकिएसँगै आमाबुबाहरुलाई खान पनि दिन्छौं । खाली पेट राख्नु पर्दैन । सकेको १/२ घण्टामा बिरामी घर जान पनि सक्नुहुन्छ । यो डे केयरजस्तै हो ।
काइफोप्लास्टी गर्दा कति समय लाग्छ ?
समय त लाग्छ तर हामीले मेसिनमा राखेर गर्ने हो । तर हामीले १ देखि डेढ घण्टासम्म लाग्छ अब एउटा हड्डी भयो भने १ घण्टासम्म लाग्छ । २/३ वटा भयो भने समय अलि बढी लाग्न सक्छ । तीनवटा हड्डीसम्म गर्दा २ घण्टाको प्रक्रिया हो । तर बेहोसचाहिँ कसैलाई पनि पार्नु पर्दैन । त्यो भागलाई लठ्याएर मात्र गर्ने हो ।
काइफोप्लास्टी गरिसकेपछि अवस्था कस्तो हुन्छ ?
काइफोप्लास्टी गरेर सकिएपछि हामीले खान खान दिन्छौं । खाना खाएपछि उहाँहरुलाई आराम गर्न दिन्छौं । २/३ घण्टामा हिँडाउन सुरु गर्छौं । सानो-सानो प्वाल मात्र हुन्छ एउटा मात्र टाँका लगाएको हुन्छ । हिँडाएपछि घर पठाउने गर्छौं धेरै राख्नु पर्दैन । त्यसपछि दुई सातामा बोलाएर टाँका काट्ने काट्ने हो ।
टाँका काट्ने भनिसकेपछि के यो शल्यक्रिया नै हो ?
यो प्रक्रिया मुख्यत: उमेर भइसकेको आमाहरु-बुबाहरु जसको मुटु, पेट, फोक्सोको समस्याहरुले गर्दा अप्रेसन गर्न नसकिने र बेहोस बनाउन नसकिने हुँदा यो सजिलो प्रक्रिया हो । अब बिरामीहरुलाई सजिलो हो तर हामी काम गर्नेलाई कठिन हुन्छ यो प्रक्रिया ।
बुढाबुढी मात्र नभई जसलाई पनि हुन्छ ?
साधारणत: अब हेरेर अस्टोपोलोटिक फ्याक्चर नै हो । उमेरअनुसार परिवर्तन हुने हड्डी खिइँदै गएर पातलो हुँदै गएकालाई गर्ने प्रक्रिया हो । अथवा क्यान्सरहरुमा गर्ने हो अब परिपक्क उमेरमा त्यति हड्डी पातलो भएर भाँचिँदैन । साधारणत: महिलाहरुमा महिनावारी रोकिएपछि हड्डी खिइन थाल्छ । केटा मान्छेहरुमा चाहिँ सेनायल भन्छौं । हामी सेनायल ओस्टोपोलोसिस उमेर ७५ वर्ष पुगेपछि खिइन थाल्छ ।
काइफोप्लास्टीलाई सामान्य रुपमा लिन मिल्छ ?
हुन त यो एक किसिमको गाह्रै सर्जरी हो । मैले भन्दा सहज तरिकाले भने । तर त्यो गर्ने प्रक्रिया गाह्रो हुन्छ । सानो प्वाल पारेर भित्र छिराएर सिमेन्ट लैजाँदा सिमेन्ट लिक हुने डर पनि हुन्छ । नहुने होइन । नशामा चोट लाग्ने पनि हुन्छ । कहिले-काहीँ अगाडि गएर चोट लाग्ने पनि हुन्छ । तर हामीले अर्को ठुलो सर्जरी यदि ठुलो अकस्मात फेल भयो । सिमेन्ट लिक भयो अथवा नशामा चोट लाग्यो भने ठुलो अप्रेसन गर्न तयार भएर बस्नुपर्ने हुन्छ । त्यसका लागि पनि हामी तयार भएर बसेको हुन्छौं ।
मेसिनबाट गर्ने भन्नुभयो ?
सिआम भने मेसिन हुन्छ । त्यो मेसिनमा हामीले अप्रेसन गर्दै गर्दा एक्सरेजस्तो हेर्ने खालको हुन्छ । त्यसमै राखेर गर्ने हो । नहुन सक्ने भनेको दुर्लभ सम्भावना हो । तर नहुन पनि सक्छ । भवितव्य जहिले पनि जसलाई हुन सक्छ ।
काइफोप्लास्टीको आवश्यकता कसलाई पर्छ ?
साधारणत: मुटु रोगी, फोक्सोको रोगी जसलाई क्यान्सर छ । जसलाई अप्रेसन गर्न मिल्दैन र जसको हड्डी भाँचिएको छ । उहाँहरुलाई हड्डी भाँचिएको र हरेक दिन दु:ख दिइरहेको छ, उठ्न, बस्न, खान, शौचालय जान समस्या भइरहेको छ । त्यो व्यक्तिलाई यो प्रक्रिया गर्न उपयुक्त हुन्छ ।
काइफोप्लास्टीका लागि बिरामीलाई कसरी तयार पार्न सकिन्छ ?
साधारणत: बिरामीहरु आउदा हाड दुख्यो भनेर आउनुहुन्छ । उहाँहरुको गुनासो कस्तो भने- मैले एउटा सानो मेच उचालेको थिएँ, ढाड दुख्यो अथवा खोक्दा-हाछ्युँ गर्दा मेरो ढाड दुख्न थाल्यो । अथवा सामान्य थेचारिँदा दुख्न थाल्यो । यी कारणहरु भने हामीले एक्सरेबाट सुरु गर्छौं । एक्सरेमा हड्डी भाँचिएको देखिएको छ भने यो अहिले भाँचिएको हो वा कहिले भाँचिएको हो भन्ने छुट्याउन एमआरआई गर्छौं । एमआरआईमा देखिएअनुसार अहिले नै भाँचिएको हड्डी हो भने काइफोप्लास्टी गर्न मिल्छ । त्यसपछि हामी बेहोस पार्ने डाक्टरहरुसँग सल्लाह गर्छौं । गर्न मिल्ने छ कि छैन कहिलेकाहीँ कस्तो हुन्छ भने ब्लक लागेन औषधि अलिकति थप्नुपर्ने हुन्छ । त्यसका लागि बेहोस पार्ने डाक्टरहरुले केही परीक्षण गराउनुहुन्छ । त्यो परीक्षण गरिसकेपछि हामी काइफोप्लास्टी गर्छौं ।
यसका लक्षणहरु के-के हुन् ?
साधारणत: ढाड दुख्यो भनेर आउनुहुन्छ । जब गाह्रो भइरहेको छ, ढाड दुखिरहेको छ । उठ्न-बस्न गाह्रो भयो । साधारण चोटपटक लागेको थियो । ठुलो चोट लागेको थिएन । थेचारिएको मात्र थियो अथवा गाडीमा हिँड्दा गाडी बम्प मात्रै बांगिएको थियो । हाछ्युँ ठुलो आयो भन्दा, दुख्यो भन्दा यो उमेरमा पुगेपछि पातलो भएर मक्किसकेको हुनसक्छ । त्यसैले सानो कुराले पनि भाँचिने हुन्छ । पछाडिको दुखाइको गुनासोले गर्दा आउनुहुन्छ । त्यसमा अझै दमका लागि औषधीहरु लिनुहुन्छ । त्यो लिने मान्छेहरुपनि ओस्टोपोलोसिस फ्याक्चरहरु देखिन्छ ।
काइफोप्लास्टी गरिसकेपछि यसको साइड इफेक्ट हुन्छ कि हुँदैन ?
साइड इफेक्टचाहिँ साधारणत: अप्रेसन गर्दा-गर्दै हुने हो । अप्रेसन गर्दा खतरा भयो भने त्यसपछि साइड इफेक्ट छैन । खतरा अप्रेसन गर्दा मात्र हो । त्यसपछि बिरामीलाई धेरै दुखाइ पनि हुँदैन । सजिलो नै भइरहेको हुन्छ ।
अप्रेसन गरिसकेपछि रिकभर नि ?
रिकभरी भनेको साधारणत: यसको सिमेन्ट जमिहल्छ एकैछिनमा कहिलेकाहीं गर्दा-गर्दै पनि सिमेन्ट जमिसकेको हुन्छ । त्यही भएर हामीले अर्कै सिमेन्ट खोल्नुपर्यो । अथवा अर्को बनाउनुपर्यो चाँडै सिमेन्ट जम्छ १०/१५ मिनेटमा सिमेन्ट जम्छ । त्यो हड्डी उठाउन रिकभर भएन फ्याक्चर हुँदा पछाडिको मासुहरुमा पनि चोट लागेको हुन्छ त्यही कारणले हामीले ४ देखि ६ सातालाई पेटी पनि लगाउन दिन्छु । त्यो हेरेर अब कसैको हड्डी मात्र भाँचिने हुँदैन । लड्दा ठोक्किँदा मासु पनि च्यातिएको हुन्छ त्यसका लागि प्रोटेक्ट गर्न पेटी दिने गरिएको छ ।
काइफोप्लास्टी गरिसकेपछि जीवन साधारण हुन्छ ?
साधारण जीवन भनेको दुखाइ हुँदैन । मुख्य भनेको जुन दुखाइ हुन्छ त्यो हड्डी भाँचिएको दुखाइ हो । फ्याक्चरको एक किसिमको दुखाइ जान्छ । अनि आफ्नो पुरानो लाइफमा मान्छेहरु भोलिपल्टदेखि नै फर्कन सक्नुहुन्छ ।
केही समस्या आयो भने ?
फलोअपका लागि हाम्रो ढाडमा लगभग पाँचवटा तल्लो कम्मरको माथि, त्योभन्दा माथि १२ वटा र थप ७ वटा हुन्छ । यस्तोमा एउटा भाँचिएपछि उपचार गरिसकेपछि अर्को पनि त भाँचिन सक्छ । त्यसका लागि हामीले हड्डी बलियो पार्ने प्रक्रियामा जानुपर्छ । हड्डी बलियो पार्न क्याल्सियम सप्लिमेन्टहरु वा अरु किसिमको इन्जेक्सनहरु पनि हुन्छ । त्यो लगाउने, उहाँहरुको हड्डी मक्किसकेको छ । पातलो भइसकेको छ । हड्डीलाई एउटा फ्याक्चरलाई पो बचाएजस्तो अरुलाई पनि बचाउनुपर्यो । जस्तो घुँडाको । हिपको । हातको हड्डीहरू पनि भाँचिन्छ । त्यसका लागि बलियो बनाउने प्रक्रियामा जानुपर्छ ।
यसको जोखिम केही हुन्छ कि ?
अप्रेसन गर्दा नशामा चोट लाग्ने । सिमेन्ट लिक हुने, सिमेन्ट फुटाएर अगाडि जाने समस्या आउनसक्छ । नआउने भने होइन, आउने कुरा हो त्यो । किताबमा लेखेको हामीले पढेको हो, त्यो हुन सक्छ । यो समस्या गर्दा-गर्दै हुन सक्छ । गरिसकेपछि चाहिँ कुनै समस्या छैन ।
अप्रेसन गर्दै गर्दा अहिलेसम्म जोखिम आएको छ ?
४० जनाको अप्रेसन भयो अहिलेसम्म भएको छैन । एउटा बिरामीको तीनवटा हड्डीमा सिमेन्ट भरेको छ । धेरैमा तीनवटा हो । त्योभन्दा माथि छैन । अहिलेसम्म ४० जनामा कुनै पनि समस्या आएको छैन ।