माघ १४ :

काइफोप्लास्टी भनेको सामान्यत: ओस्टियोपोरोसिस वा स्पाइनल ट्युमरका कारणले गर्दा हुने कम्प्रेसन फ्याक्चरको उपचार गर्ने प्रक्रिया हो । यस प्रक्रियाको एक घण्टाभन्दा कम समय लाग्छ । केही दिनभित्रै दुखाइबाट राहत प्राप्त हुन्छ । केही दिनमै आफ्नो नियमित गतिविधिमा फर्कन सक्षम हुनुहुनेछ । डा. प्रशान्त अधिकारी अहिले ह्याम्स अस्पताल धुम्बाराही र आरुस लाइफ स्टाइल अस्पताल पुल्चोकमा अर्थोपेडिक हाड-जोर्नी तथा मेरुदण्ड विशेषज्ञका रुपमा काम गरिरहेका छन् । डा. अधिकारीले ह्याम्स अस्पताल र आरुस अस्पतालमा गरी ४० भन्दा बढी बिरामीको काइफोप्लास्टी प्रक्रियाबाट शल्यक्रिया गरिसकिएको जनाउँछन् । प्रस्तुत छ- काइफोप्लास्टी प्रक्रियाबारे डा. अधिकारीसँग सक्रिय न्युजले गरेको कुराकानी ।

काइफोप्लास्टी भनेको के हो ?
काइफोप्लास्टीका बारेमा कुरा गर्नुभन्दा अगाडि मेरुदण्डका बारेमा केही भन्न चाहन्छु । साधारणत: मानव शरीरमा लम्बर स्पाइन पाँचवटा हुन्छ । थोरासिक १२ वटा हुन्छन् र सर्भाइभल सातवटा हुन्छन् । अनि स्यक्रोन भन्छौं- जो पछाडिपट्टि एउटा डल्लो हड्डीजस्तो हुन्छ त्यसभित्र मूल नशा हुन्छ र जरा निस्किन्छ । जसले गर्दा हात-खुट्टा चलाएको थाहा हुने र दिसापिसाब गएको बारेमा थाहा हुने जानकारी दिन्छ ।
हड्डी भाँचिने वा फ्याक्चर हुने धेरै कारण हुन्छ । मुख्य कारणचाहिँ हड्डी खिँइदै अस्टपोजोसिस हुँदै जानु हो । उमेरअनुसारको परिवर्तनले हड्डी खियाउँदै लैजान्छ । अर्कोचाहिँ ट्युमर मल्टिमल मायोलोमाले गर्दा हड्डी भाँचिने वा फ्याक्चर हुने हुन्छ ।

पहिले-पहिले त्यसको उपचार विधि भनेको पेटी लगाउने, चिरेर अथवा पूरै खोलेर शल्यक्रिया गर्ने प्रक्रिया हुन्थ्यो । अहिलेचाहिँ हामीले काइफोप्लास्टी भनिने एउटा प्रक्रिया हुन्छ जसमा हामी हड्डीमा सिमेन्ट भर्ने काम गर्छौं । हामीले हड्डीलाई नचिरीकन सानो एउटा प्वाल पारेर मेरुदण्डभित्र गएर त्यहाँ भाँचिएको भागलाई बेलुन हालेर उठाएर त्यो खाली ठाउँमा सिमेन्ट भरिने काम गरिन्छ । त्योचाहिँ सामान्यत: अलि धेरै उमेर भएका बिरामी, मुटुको रोगी, फोक्सोको रोगी, पेटको रोगी जसलाई बेहोस बनाउन मिल्दैन उहाँहरूका लागि यो प्रक्रिया गरिन्छ । यसलाई काइफोप्लास्टी भनिन्छ ।

हड्डी खिइँदै जाने,पातलो हुँदै जाने कारणले गर्दा फ्याक्चर हुनेलाई ओस्टोपोलोसिस फ्याक्चर भनिन्छ । यो मुख्य गरी ६०/७० वर्ष नाघिसकेका महिला तथा पुरुषहरूमा देखिने गर्छ । यो हड्डी भाँचिनका लागि ठुलो कारण पनि चाहिँदैन । साधारण खोक्दा पनि भाँचिन सक्छ अथवा सानो मेच उचाल्दा पनि भाँचिन सक्छ ।
थेचारिएर बस्दा पनि भाँचिन्छ । कहिलेकाहीं गाडी हिँड्दा उफ्रियो भने पनि भाँचिन सक्छ । अर्को कारणचाहिँ यो भाँचिनुको कारण ट्युमर हो । मुख्य भनेको मल्टिपल मायोलोमा भन्ने ट्युमर हुन्छ । यो कारणले गर्दा पनि भाँचिन्छ । पहिला-पहिला यस्तोहरुमा भाँचिन सक्छ । अरु क्यान्सरहरुमा पनि भाँचिन सक्छ । पहिला-पहिला यस्तो फ्याक्चरका लागि अप्रेसन गरी भित्र फिक्स गरेर क्रुजहरु हाल्नुपर्ने हुन्छ । उमेरअनुसार धेरै उमेर भइसकेको मान्छेहरुलाई गर्न गाह्रो पनि हुन्थ्यो । तर काइफोप्लास्टी भनी एउटा प्रक्रिया छ । जुन प्रक्रियाले बिरामीलाई बेहोस नपारीकन त्यो भागलाई मात्र लठ्याएर त्यहाँभित्र सानो प्वाल पारेर सुई हालेर हड्डीभित्र गएर त्यो भाँचिएको हड्डीलाई उठाएर सिमेन्ट हाल्ने प्रक्रिया गर्छौं । त्यो काइफोप्लास्टी भन्ने प्रक्रिया अहिले हामीले ह्याम्स अस्पताल र आरुसमा सुरु गरेका छौं । अहिलेसम्म हामीले लगभग ४० जना बिरामीमा यो प्रक्रिया गरिसकेका छौं ।

यसको प्रयोग कति सफल भइरहेको छ ? 
मैले भर्खर सुरु गरेको । त्यो पनि गत अप्रिलदेखि सुरु गरेको हो । अहिलेसम्म अप्रिलदेखि ७/८ महिनाको अन्तरालमा लगभग ४० जनाको काइफोप्लास्टी भएको छ । सबैमा अहिलेसम्म राम्रो भएको छ । सबै बिरामीले नै, जो हिँड्न गाह्रो भइरहेको मान्छे । आमाबुबाहरु हुनुहुन्थ्यो । उहाँहरु भोलिपल्टदेखि हिँडेर दुखाइ कम भएर घर जानुभएको छ । अहिलेसम्म ४० जनामा गर्दा सय प्रतिशत नै उपचार सफल भएको छ ।

क्यान्सर भएकाहरुका लागि पनि यो उपचार गर्दा निको हुने दर कस्तो हुन्छ ? 
खासगरी पहिलो काइफोप्लास्टी भन्ने सुरु गरेको मल्टिपल मायोलोमा भन्ने एक किसिमको रगतको क्यान्सर हो । त्यसले गर्दा हड्डीमा समस्या हुने गर्दछ । त्यसैले त्यो प्रक्रिया सुरु गरिएको हो । त्योचाहिँ मल्टिपल मायोलोमा अथवा सबै क्यान्सर जसलाई अप्रेसन गरेर निको पार्न गाह्रो हुने थियो । काइफोप्लास्टी त्यसका लागि सुरु गरिएको हो । त्यसमै चाहिँ राम्रो परिणाम सुरु गरिएको हो । हामीले अहिलेसम्म ४ जनाको क्यान्सर बिरामीको काइफोप्लास्टी गरेका छौं । ४० जनामध्ये ४ जना क्यान्सरको बिरामी हुनुहुन्थ्यो । तीनजना मल्टिपल मयोलोमा र एकजना सरेको क्यान्सरको बिरामीमा काइफोप्लास्टी गरेका थियौं । चारजनाकै एकदमै राम्रो परिणाम आएको थियो दुखाइविनै बसिरहनुभएको छ अहिले ।

कसरी गर्ने काइफोप्लास्टी ?
काइफोप्लास्टी साधारणत: एक-दुई दिनअघि जसको ढाड भाँचिएको छ । त्यो हेर्न हामीले एमआरआई गरेर हेर्छौं । एमआरआईमा भर्खर भाँचिएको ढाड छ भने त्यसलाई बेलुन हालेर उठाउन सकिन्छ, सकिँदैन त्यो प्रक्रियालाई हेर्छौं । बेहोस बनाउने डाक्टरहरुले पनि हेर्नुहुन्छ । बिरामीलाई हेरिसकेपछि हामीले साधारणत: बिरामीलाई शल्यक्रिया गर्न बिहान बोलाउँछौं । बिहान बोलाएर खाली पेटमा बोलाउँछौं । बोलाएर त्यो जुन भागको हड्डी भाँचिएको छ त्यो भागतिर मात्रै नदुख्ने सुई लगाउँछौं । आमाबुबालाई बेहोस पार्दैनौं । त्यो भागलाई ब्लक पार्ने भन्छौं ।