काठमाडौं, माघ १९ :

प्रधानमन्त्री केपी ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र दुर्बल पक्ष, अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने स्पष्ट गरे । ‘यसका लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरूसँग छलफल गरिनेछ । विभिन्न पक्षसँग सघन विमर्श गरी संविधान संशोधन विषयको पहिचान गरिनेछ,’ उनले भने, ‘पहिचान गरिएका विषयमाथि संसद्‌मा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दल र सरोकारवालासँग छलफल गरिनेछ । हामी स्पष्ट छौँ । पार्टीहरूका आ-आफ्नै धारणा र पोजिसन हुनसक्छन् । मिलेका कुरामा साझा धारणा बनाइनेछ । नमिलेका कुरामा बहस र छलफल गरिनेछ ।’

उनले संविधान संशोधन विधेयक ल्याउने काम सरकारको भएको र बहस/छलफलमा आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाइ त्यसैका आधारमा संशोधन प्रस्ताव तयार पार्ने बताए ।
  यो पनि...

प्रशासनिक सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि अध्यादेश : प्रधानमन्त्री

बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छ : प्रधानमन्त्री

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन- थालिएका काममा प्रगति हुँदै छ
रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
प्रतिनिधिसभाको बैठकमा रास्वपाको अवरोध
प्रतिनिधिसभाको पाँचौँ अधिवेशन सुरु [तस्बिरसहित]