काठमाडौँ, फागुन २८ :

रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार डा गार्गी शर्मालाई प्रदान गरेको छ । 

सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले उक्त पुरस्कार प्रदान गरेका हुन् । 

पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ । नेपाली भाषा साहित्यलाई समृद्ध तुल्याउन शर्माले निर्वाह गरेको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । 

उनको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ । यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट भानु माविका विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।