शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

दलहरुलाई सभामुखको आग्रह- तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार, संसद्‌मा छलफल गर्ने वातावरण बनाइदिनुस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
दलहरुलाई सभामुखको आग्रह- तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार, संसद्‌मा छलफल गर्ने वातावरण बनाइदिनुस्
काठमाडौं, चैत १७ :

संसद्‌को गतिरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलमा सभामुख घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरू गरेको छलफलमा दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‌मा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेको घिमिरेको सचिवालयले जनाएको छ ।

घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीका अनुसार सभामुखले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन अपिल गरे । अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुख घिमिरेको भनाइ छ ।

बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराए । उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारीसमेत दिएका थिए ।

प्रधानमन्त्रीले आजै सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले जानकारी दिए । उसो त प्रधानमन्त्रीको सचिवालयले पनि आज साँझ ७ बजे सर्वदलीय बैठक आह्वान गरिएको जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘प्रधानमन्त्रीको आह्‍वानमा गणतन्त्र पक्षधर दलहरूको बैठक आज साँझ ७ बजे सिंहदरबारमा बस्ने कार्यक्रम रहेको छ ।’

सभामुखसँगको छलफलमा सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । उता विपक्षी दलहरुले भने आफ्नो अडान यथावत् रहेको जनाएका छन् ।

विपक्षी दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै बुधबारबाट प्रतिनिधिसभामा अवरोध गर्दै आएका छन् । यसअघि जवाफ नदिने बताएका प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा जवाफ दिने जानकारी गराएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार